सरकार र थरुहट संघर्ष समितिबीच दोस्रो चरणको वार्ता बिहीबार


काठमाडौं – सरकार र थरुहट संघर्षसमिति बीचको वार्ता सम्पन्न भएको छ ।

पहिलो चरणको वार्तास्वरुप मंगलबार सुरु भएको वार्ता बिहीबार बस्नेगरी आजको वार्ता टुंगिएको गृहमन्त्री रामबहादुर थापाले बताए । पहिलोचरणमा दुवै पक्षले आप्mना कुराहरु राखेको सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री थापाले बताए ।

यसअघि मंगलबार सुरु भएको वार्तामा थवार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच मंगलबार वार्ता सुरु भएको छ ।

सांसद रेशम चौधरीको रिहाइ लगायतको माग राखेर आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहटरथारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच वार्ता सुरु भएको थियो ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेका छन् ।

थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, प्रभात चौधरी वार्ता टोलीमा रहेका छन् ।

प्रतिक्रिया