थ्री नेसन्स् कप जितेका नेपाली खेलाडीलाई थप पुरस्कार, यस्ताे छ एन्फाको घोषणा


काठमाडौं – अखिल नेपाल फुटबल संघ(एन्फा)ले थ्री नेसन्स् कप उचालेका नेपाली खेलाडीलाई थप जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

एन्फाले आज उक्त पुरस्कारको घोषणा गरेको हो। नेपाली टोलीमा २३ जना खेलाडी थ्री नेसन्स कपका लागि मैदानमा उत्रेको थियो।

सोमवार बंगलादेशसँगको फाइनल खेलमा २-१ ले जित निकाल्दै नेपालले कप उचालेको थियो। कप बिजेतालाइ ५ हजार डलर घोषणा गरिएको थियो।

प्रतिक्रिया