

किसानलाई डीडीसीले ६ महिनासम्म दूधको पैसा दिएन : सांसद सापकोटा

काठमाडाैं – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाल दुग्ध विकास संस्थानले किसानले बेचेको दूधको पैसा ५ महिनादेखि नदिएको भन्दै दिने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद सापकोटाले ६ महिनादेखि दूधको पैसा नपाएपछि किसानलाई पशु पाल्न गाह्रो भएको भन्दै रकम भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

