

ताप्लेजुङ झडपपछि पूर्वमन्त्री साम्सोहाङसहित दुई जनामाथि कारबाही

काठमाडाैं- नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टीभित्रको अनुशासन तोडेको आरोपमा पूर्वमन्त्रीसमेत रहेका बलबहादुर साम्सोहाङ र पर्यटन विभाग सचिव मणिकुमार पोमुलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको छ।
पार्टी अनुशासन उल्लंघनसम्बन्धी यस निर्णयलाई प्रदेश कमिटीले निकै गम्भीर रूपमा लिएको देखिन्छ। स्रोतका अनुसार ताप्लेजुङमा सम्पन्न युवा संघको अधिवेशनमा साम्सोहाङले “काट, मार”जस्ता उत्तेजक नारासहित कार्यकर्तालाई आक्रोशित बनाउने प्रयास गरेका थिए। उही अधिवेशनमा भएको झडपका क्रममा कोशी इन्चार्ज निरोज पौडेलमाथि हातपात समेत भएको थियो।
पार्टी अध्यक्ष घनश्याम खतिवडाका अनुसार, जिल्ला कमिटीले सिफारिस गरेपछि प्रदेश कमिटी बैठकले उक्त निर्णय लिएको हो। उपाध्यक्ष टीकाराम चेम्जोङको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ, र प्रतिवेदन नआएसम्म उनीहरूलाई निलम्बन गरिएको हो।
साम्सोहाङ कुनैबेला योगेश भट्टराईका निकट सहयोगी मानिन्थे र पार्टीभित्रको विवादास्पद १० बुँदे लाइनको पक्षधरसमेत हुन्।

