

भारत प्रशासित कश्मीरमा कम्तीमा १० जनाको मृत्यु

काठमाडाैं- सीमापार बमबारीका क्रममा भारतमा मारिने सर्वसाधारणको सङ्ख्या १० पुगेको एक शीर्ष सैन्य अधिकारीले बीबीसीलाई बताएका छन्।
ती सबै भारत प्रशासित कश्मीरको पुन्छ जिल्लामा रहेको बताइएको छ। यसअघि त्यस जिल्लाका एक शीर्ष अधिकारीले त्यहाँ भएको गोलाबारीमा परेर कम्तीमा सातजना मारिनुका साथै ३२ जना अन्य घाइते भएको बीबीसीलाई बताएका छन्।
पुन्छ भारत र पाकिस्तानबीचको नियन्त्रित सीमारेखा अर्थात् एलओसीनजिकै पर्छ। “बमबारी हाललाई रोकिएको छ। हामी स्थलगत रूपमा अवस्था बुझ्दैछौँ,” सो जिल्लाका सब-डीभिजनल मजिस्ट्रेट अजहर मजिदले भने।
यसअघि भारतीय सेनाका प्रवक्ताले उक्त क्षेत्रमा तीनजना मारिएको पुष्टि गरेका थिए।

