

घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु

काठमाडौं- इटहरीमा घरको छतबाट खसेर नेपाल प्रहरीका एक सहायक निरीक्षक (असई) को ज्यान गएको छ।
मृतक ४५ वर्षीय प्रेम कटवाल जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत थिए। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार असई कटवाल बिदामा घर आएका थिए।
इटहरी उपमहानगरपालिका–२० स्थित निर्माणाधीन आफ्नै घरको छतमा पानी हाल्ने क्रममा उनी खसेका थिए। गम्भीर घाइते भएका कटवाललाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

