एसईई दिएर बसेका दुई किशोरको खोलामा डुबेर मृत्यु


चितवन– पूर्वी नवलपरासीस्थित जुक्तीखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको ज्यान गएको छ।

गैँडाकोट नगरपालिका वडा नं. १ र वडा नं. ३ जोड्ने जुक्तीखोलामा आइतबार दिउँसो करिब २ बजे पौडी खेल्ने क्रममा उनीहरू डुबेका हुन्।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–८, गौरीगंजका १६ वर्षीय प्रमिशन पाठक र वडा नं. ४, लंकुका १६ वर्षीय शिशिर पन्त रहेका छन्। दुवै जना हालै एसईई परीक्षा सकेर घरमै बसिरहेका थिए।

डुबेको केही समयपछि पुल निर्माणमा खटिएका मजदुरहरूले उनीहरूको शव फेला पारेका थिए। मृतकका साथी अखिल लामिछानेका अनुसार उनीहरू समूहमा पौडी खेल्न गएका थिए।

प्रतिक्रिया