

नेपाल पहिले नै हिन्दुराष्ट्र थियो, पुनः हिन्दुराष्ट्र बनाइनुपर्छ: जगद्गुरु रामभद्राचार्य

जनकपुरधाम — भारतका प्रख्यात धर्मगुरु जगद्गुरु रामभद्राचार्य जनकपुरधाम आइपुगेपछि भव्य स्वागत गरिएको छ। जानकी मन्दिरमा महन्त, साधुसन्त र स्थानीयवासीले उनको विशेष सत्कार गरेका थिए।
मन्दिरमा पूजापाठपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले नेपाल र भारत दुवैलाई हिन्दुराष्ट्र घोषणाको आवश्यकता रहेको बताए। “नेपाल पहिले नै हिन्दुराष्ट्र थियो, अहिले धर्म परिवर्तन बढ्दो छ, अब पुनः हिन्दुराष्ट्र बनाइनुपर्छ,” उनले भने।
रामभद्राचार्यले मिथिलावासीहरूलाई मद्यपान र मासाहारबाट टाढा रहन सुझाव पनि दिए।

