‘मध्यपहाडी लोकमार्ग अभियान’ सुरु गर्दै माओवादी केन्द्र


काठमाडौं — नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सम्पन्न भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पार्टीको हुलाकी मार्ग केन्द्रीत जनतासँग माओवादीः तराई मधेश जागर अभियानको समीक्षा गरेको थियो ।

त्यस्तै बैठकले अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्र कै अभियान बन्न पुगेको महसुस गरेको जनाएको छ ।

त्यस्तै बैठकले अभियानमा सहभागिता जनाएका जनसमुदायप्रति धन्यवाद ज्ञापन गर्दै प्रस्ताव पारित गगरेको थियो भने अब जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको छ।

प्रतिक्रिया