

काठमाडौंमा अत्याधुनिक राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना गरिने

काठमाडौं – सरकारले मस्तिष्क, मेरुदण्ड, मानसिक तथा स्नायु रोगको उपचारको लागि काठमाडौमा एक अत्याधुनिक राष्ट्रिय न्युरोसाइन्सेज केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले मस्तिष्क, मेरुदण्ड, मानसिक तथा स्नायु रोगको उपचारको लागि काठमाडौमा एक अत्याधुनिक राष्ट्रिय न्युरोसाइन्सेज केन्द्र स्थापना गर्ने बताए ।
राष्ट्रिय मृगौला प्रत्यारोपण कार्यक्रम’ घोषणा गरी आवश्यक जनशक्ति र पूर्वाधारको विकास एवम् नियमित रूपमा मिर्गौलाको प्रत्यारोपण सुनिश्चित गर्दै सातै प्रदेशमा अङ्ग प्रत्यारोपण सेवा विस्तार उनले बताए ।

