

स्टार्टअप कर्जा कार्यक्रम विस्तार, सबै प्रदेशमा व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना हुने

काठमाडाैं- नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्रोत्साहन गर्न सरकारले स्टार्टअप कर्जा कार्यक्रम विस्तार गर्ने भएको छ । शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
नीति तथा कार्यक्रमअनुसार प्रदेश, स्थानीय तह र निजीक्षेत्रको सहकार्यमा व्यवसाय प्रवर्द्धन, बजारीकरण र मूल्य शृंखलाको विकासका लागि सबै प्रदेशमा व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गरिने भएको छ ।
साथै, ई–कमर्समार्फत व्यापारको विकास गरिनेछ भने बौद्धिक सम्पत्ति संरक्षण र नवप्रवर्तन प्रवर्द्धनमा पनि सरकारले जोड दिने जनाएको छ ।

