आइपिएलबाट किन बाहिरिए ग्लेन म्याक्सवेल ?


काठमाडाैं- पञ्जाब किंग्समा आबद्ध अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेल दाहिने हातको औँलाको चोट लागेर आइपिएल २०२५ को बाँकी खेलबाट बाहिरिएका छन् ।

पञ्जाबका कप्तान श्रेयस अय्यरले म्याक्सवेलको चोट पुष्टि गर्दै उनको स्थानमा नयाँ खेलाडी ल्याउने बारेमा अहिलेसम्म विचार नगरेको जानकारी दिए ।

यस सिजन म्याक्सवेलको फर्म खासै राम्रो थिएन । उनले ६ इनिङमा मात्र ४८ रन बनाए । यस्तै, म्याक्सवेलले चार विकेट लिए । पछिल्ला चार खेलमा भने उनले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

पञ्जाबले म्याक्सवेललाई पछिल्लो मेगा अक्सनबाट ४.२ करोड भारुमा अनुबन्ध गरेको थियो ।

यसअघि पञ्जाबका तीव्र गतिका बलर लकी फर्ग्युसन पनि चोटका कारण टोलीबाट बाहिरिएका थिए । बुधबार चेन्नईलाई हराउँदै पञ्जाब अंक तालिकामा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया