शिक्षकसँग सरकारको निर्णायक वार्ता जारी


काठमाडौं – सरकार र शिक्षकबीच सिंहदरबारमा वार्ता जारी छ । दिउँसो साढे २ बजे सुरू भएको वार्ता हालसम्म सकिएको छैन ।

वार्तामा शिक्षामन्त्री रघुजी पन्तका साथै, एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छविलाल विश्वकर्मा सहभागी छन् ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा छन् ।

प्रतिक्रिया