सुन-चाँदीको मूल्य घट्यो


काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ सय रुपैयाँले बढेको सुन आज ७ सयले घटेको हो।

नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज ७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ८८ हजार ८ सय रुपैयाँ पुगेको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। आज एक तोला चाँदीको मूल्य १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार प्रतितोला चाँदी १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया