च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउन प्रभु साहको माग


काठमाडौं— आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानबाट नेकपा (एमाले) को केन्द्रीय कार्यालय हटाउन माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै साहले सरकारी बजेटबाट निर्माण भएको सामाजिक संस्थाको भवनमा कुनै राजनीतिक दलको कार्यालय राख्नु अनुचित भएको टिप्पणी गरे। हाल एमालेको केन्द्रीय कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा रहेको छ।

साहले प्रश्न गर्दै भने, “तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक संस्था ? यदि सामाजिक संस्था हो भने के त्यहाँ जुसको लाइसेन्स लिएर मदिरा बेच्न मिल्छ?”

साहले व्यंग्यात्मक रूपमा थपे, “यदि प्रतिष्ठान व्यापारिक संस्था हो भने, एमालेले तिर्दै आएकोभन्दा बढी भाडा तिर्न आजपा तयार छ।”

 

प्रतिक्रिया