कर्णाली नदीमा डुबेर एक युवक बेपत्ता


बाजुरा- बाजुराको कर्णाली नदीमा डुबेर एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१३ रुकुम बस्ने वर्ष अन्दाजी २७ का नरेन्द्र परियार रहेका छन् ।

परियार कर्णाली करिडोरमा काम गर्ने सिलसिलामा सडक कुनीदेखि खसेर नदीमा डुबेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बाजुरा जगन्नाथ गाउापालिका–६ भुकाखोलास्थित कर्णाली काेरिडोर राजमार्ग अन्तर्गत सडक निर्माण कार्यमा काम गरी रहेको बेला एकासी सडकको तल खसेर परिवार कर्णाली नदिमा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराले बताए ।

अहिले स्थानीय प्रहरी तथा नेपाली सेनाको टोलीको सहयोगमा उनको नदीमा खोजतलास र उद्धारका लागि पहल भइरहेको बोहराले बताए ।

प्रतिक्रिया