शिक्षक आन्दोलनबाट अपमानित हुँदै फर्किए पूर्वप्रधानमन्त्री नेपाल र खनाल


काठमाडौं – आन्दोलनरत शिक्षकहरूको ऐक्यवद्धता जनाउन पुगेका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल भाषण नगरी अपमानित हुँदै फर्किन बाध्य भएका छन्।

नेपाल र खनाल राजधानीमा जारी शिक्षक आन्दोलनमा समर्थन जनाउँदै सम्बोधन गर्ने तयारीसहित पुगेका थिए। तर, आन्दोलनरत शिक्षकहरूले ‘राजनीति गर्न पाइँदैन’ भन्दै उनीहरूविरुद्ध तीव्र नाराबाजी गरेपछि उनीहरूले मन्तव्य नराखी फर्कनु परेको हो।

‘कोही नेता यहाँ आउनुपर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरूले विरोध जनाएका थिए। त्यसपछि प्रहरीले स्कर्टिङ गर्दै नेपाल र खनाललाई सुरक्षित रूपमा गाडीमा पुर्‍याएको थियो।

शिक्षकहरूले उक्त क्रममा ‘पञ्चायती ऐन खारेज गर, नयाँ शिक्षा ऐन जारी गर’ जस्ता नाराहरू पनि उठाएका थिए। आन्दोलनरत पक्षले आन्दोलनमा कुनै राजनीतिक हस्तक्षेप नचाहेको सन्देश दिएका छन्।

प्रतिक्रिया