वानखेडे स्टेडियममा १९ हजार बालबालिका दर्शक, नीता अम्बानीले पूरा गरिन् उनीहरूकाे सपना


काठमाडौं– आईपीएल २०२५ अन्तर्गत आज मुम्बई इंडियन्स र लखनऊ सुपर जायन्ट्सबीच वानखेडे स्टेडियममा भएको खेलमा १९ हजार बालबालिकाहरूलाई प्रत्यक्ष खेल हेर्ने अवसर प्रदान गरिएको छ । मुम्बई इंडियन्सकी मालिक नीता अम्बानीको पहलमा आयोजित यो कार्यक्रमले बालबालिकाहरूको ठूलो सपना पूरा गरेको छ ।

सन् २०१० मा नीता अम्बानीले ‘Education and Sports for All (ESA)’ नामक सामाजिक अभियान सुरु गरेकी थिइन् । यस पहलमार्फत विभिन्न पृष्ठभूमिबाट आएका बालबालिकाहरूलाई निःशुल्क रूपमा स्टेडियममा प्रत्यक्ष खेल हेर्ने अवसर प्रदान गरिन्छ । यसपटक १९ हजारभन्दा बढी बालबालिकाले वानखेडे स्टेडियममा आफ्नो मनपर्ने खेलाडीहरूलाई लाइभ खेल्देखि चियर गर्ने अवसर पाए ।

खेलअघि नीता अम्बानीले भनिन्, “हामी हाम्रो आगामी खेललाई विशेष बनाउन चाहन्छौं, किनभने १९ हजार बालबालिकाहरू स्टेडियममा रहनेछन्। हामी सबैले आज उत्कृष्ट खेल प्रदर्शन गर्नु पर्छ।”

नीता अम्बानीले थपिन्, “हामी यी बालबालिकालाई देखाउन चाहन्छौं कि जेसुकै पृष्ठभूमिबाट आएका भए पनि उनीहरूले चमत्कार गर्न सक्छन्।”

ESA डे अन्तर्गत, मुम्बई इंडियन्स र रिलायन्स फाउन्डेशनले विभिन्न गैरसरकारी संस्थाहरूको सहकार्यमा गरीब तथा पिछडिएका समुदायका बालबालिकाहरूलाई शिक्षा र खेलकुदमा सहभागी गराउँदै भविष्य निर्माणतर्फ प्रेरित गर्दै आएका छन्।

आजको दिन वानखेडे स्टेडियम बालबालिकाहरूको उत्साह, उमंग र सपनाले भरिएको देखिएको थियो।

 

प्रतिक्रिया