सिन्धुपाल्चोकमा भूकम्पको धक्का


काठमाडौं- सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ११:५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो गोरखा भूकम्पको चार म्याग्निच्युडमाथिको ६०३औँ परकम्प भएकाे केन्द्रले जानएकाे छ

। ०७२ वैशाख १२ गते बिहान ११:५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पको शुक्रबार १० वर्ष पूरा भएको छ । गोरखा भूकम्पका सानाठूला गरेर हालसम्म ६० हजारभन्दा धेरै परकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया