सर्वोच्चको शरणमा पुगे प्रचण्ड
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार सर्वोच्च अदालतको शरणमा पुगेका छन्।
एमाले र माओवादी एकीकृत भई बनेको नेकपा ऋषिराम कट्टेललाई बुझाउँदै पूर्वपार्टी ब्युँताउने सर्वोच्चको फैसला पुनरावलोकनको माग गर्दै प्रचण्ड रिट बोकेर अदालत पुगेका हुन्।
स्थायी कमिटीको बैठकले फैसला पुनरावलोकन गर्ने निर्णय गरेसँगै माओवादीले २३ फागुनमा सर्वोच्चको आदेश उल्ट्याउनका लागि प्रचण्डको माग छ।
एमालेमा साधारण सदस्य समेत नरहनेगरी ६ महिनाका लागि निलम्बन गरिएका माधवकुमार नेपाल र भिम रावलसँग सोमबार परामर्श गरेपछि मंगलबार प्रचण्ड सर्वोच्च अदालत पुगेका हुन्।
त्यसअघि उनले फैसला पुनरावलोकन गर्नका लागि कानुन व्यावसायीसँग परामर्श गरेका थिए। केही दिनअघि गरेको परामर्शका क्रममा उक्त फैसला पुनरावलोकन हुन सक्ने र जाँदा राम्रो भन्ने शम्भु थापा, रामनारायण बिडारी, मुक्ति प्रधानलगायतले सुझाव दिएका थिए।
सर्वोच्चको पछिल्लो फैसलामा प्रचण्ड, नेपाललगायतका केही नेता असन्तुष्ट छन्। उनीहरूले सार्वजनिक रुपमा नै फैसला पुनरावलोकनका लागि जाने बताएका थिए।
प्रतिनिधि सभा पुनःस्थापना भएपछि बैठक राखेकै दिन सर्वोच्चले दल विवादसम्बन्धी विषयमा कट्टेलका पक्षमा फैसला गरेपछि राजनीतिले नयाँ मोड लिएको थियो।