माओवादी केन्द्रको संसदीय दलको बैठक जारी


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बसेको हो ।

शुक्रबारदेखि सुरु हुने संसदको बजेट अधिवेशन अधिवेशनमा प्रस्तुत हुने विधेयक र पार्टीको भूमिकाको विषयमा छलफल हुने बताइएको छ ।

संघीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।

 

प्रतिक्रिया