महिला कर्मचारीलाई गर्भावस्थामा मातृत्व विशेष बिदा !


काठमाडौं- अब महिला कर्मचारीहरूले गर्भवती हुने अवस्थामा मातृत्व विशेष बिदा प्राप्त गर्नेछन् । यो ऐतिहासिक व्यवस्था संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. चन्दा कार्की भण्डारीले गर्भधारणको अवस्थामा महिलालाई मातृत्व बिदा दिनुपर्ने आवश्यकता प्रस्तुत गरेकी थिइन् । यस प्रस्तावलाई राज्य व्यवस्था तथा सुशासन समितिले स्वीकार गर्दै संघीय निजामती सेवा विधेयकमा समेटेको हो ।

यो कदम महिला कर्मचारीहरूको हक र समर्पणको मूल्याङ्कन गर्दै लिइएको सकारात्मक परिवर्तनको रूपमा हेरिएको छ ।

प्रतिक्रिया