जम्मु कश्मिर हमलाः ज्यान गुमाउने सुदीप बुटवलका, रेनु पाण्डे घाइते (मृतक र घाइतेहरूकाे नामसहित)


काठमाडौं – भारतको जम्मु कश्मीरको पहलगाममा आतङ्कवादी हमलाबाट मृत्यु भएका एक नेपालीको ठेगाना खुलेको छ भने घाइते भएकी अर्की एक महिलाको नाम खुलेको छ ।

घुम्नका लागि परिवारसहित जुम्बु कश्मीर गएका बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको जनाइएको छ । उनी उनी रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाको बासिन्दा रहेको उल्लेख गरिएको छ । हमलामा परेर २६ जनाको ज्यान गएको थियो ।

त्यस्तै आतंकवादी हमलाबाट आक्रमणमा परी घाइते हुनेमा एक नेपाली पनि रहेकी छन् । घाइते हुनेमा नेपालकी रेनु पाण्डे पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सञ्चारमाध्यमहरुले घाइते र मृतकको नाम सार्वजनिक गरेको लिस्टमा पाण्डेको नाम पनि उल्लेख रहेको छ । सञ्चारमाध्यमका अनुसार उनी घाइते भएकी छन् भने उनको अवस्था स्थिर रहेको छ ।

सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए ।

सुदीपका साथ उनकी आमा, दिदी र भिनाजु पनि सँगै गएको खुलेको छ ।

उनीहरुको अवस्था बारे भने केही थाहा भएको छैन ।

 

प्रतिक्रिया