

दुई प्रकारका औषधि बजारबाट तुरुन्त फिर्ता गर्न विभागकाे निर्देशन

काठमाडाैं- औषधि व्यवस्था विभागले पेटसम्बन्धी समस्या उपचारका लागि प्रयोग हुने दुई प्रकारका औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ ।
‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामका ती औषधिहरू गुणस्तर परीक्षणमा असफल भएका कारण विभागले बिक्री, वितरण, सिफारिस तथा प्रयोग नगर्न र नगराउन आग्रह गरेको हो ।
संबन्धित ब्याचका यी औषधिहरू प्रयोग गर्न उपयुक्त नभएको भन्दै विभागले आम नागरिक, स्वास्थ्यकर्मी तथा औषधि व्यवसायीलाई सतर्क रहन समेत अनुरोध गरेको छ ।

