

राजेन्द्र लिङदेनसहितका राप्रपा सांसद रिहा

काठमाडौं- प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु चार घण्टापछि रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर भद्रकालीबाट रिहा हुनेहरूमा अध्यक्ष लिङ्दनेसहित ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल छन् ।
उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

