एमालेभित्र चर्कियो किचलो, विभिन्न जिल्लामा समानान्तर कमिटी गठन गर्दै नेपाल पक्ष


काठमाडौं — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीबाट ६ महिनाका लागि निलम्बनमा परेसंगै पार्टी भित्रको आन्तरिक किचलो झनै चर्किएको छ ।

नेता नेपालले ओलीविरुद्ध देशभर अभियान चलाउने भनिरहेका बेला पार्टीका समानान्तर कमिटीहरु बन्ने क्रम पनि जारी छ । पछिल्लो पटक नेपाल पक्षले गोरखामा समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

सोमबार गोरखा सदरमुकाममा बसेको जिल्ला कमिटी भेलाले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय कमिटी गठन गरेको हो ।

भेलाले बस्नेतकै नेतृत्वमा १४ सदस्यीय जिल्ला सचिवालयसमेत गठन गरेको पार्टीका जिल्ला कमिटी सदस्य विशेश्वर कट्टेलले बताए ।

सचिवालय सदस्यहरुमा विशेश्वर कट्टेल, टेकराज भट्ट, सानुमाया बस्नेत, कृष्णमान श्रेष्ठ, रज्मदिन मिया, नारायणध्वज खड्का, सिताराम बुढाथोकी, कल्पना कुँवर, प्रदीप क्षेत्री, द्रोण तिमिल्सिना, अमृत काराखेती, भोला श्रेष्ठ र गिरीधारी सापकोटा रहेका छन् ।

केन्द्रीय सदस्य पिएल श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भेलाले सबै स्थानीय तहमा समानान्तर कमिटी गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया