

राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, गृहले दियो चेतावनी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा निषेधाज्ञा तोड्ने भएको छ।
गत साता सम्पन्न केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार आज राप्रपाले काठमाडौं, बानेश्वरस्थित निषेधित क्षेत्र तोड्न खोजेको हो ।
गत चैत १५ गते भएको प्रदर्शनमा हिंसात्मक भएपछि सरकारले राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको तथा उनीहरूको रिहाईको मागसहित राप्रपाले काठमाडौंमा निषेधित क्षेत्र तोड्न लागेको हो ।
तर, गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारीप्रति जानकार रहेको भन्दै कानुन उल्लंघन नगर्न चेतावनी दिएको छ ।

