

संक्रमणकालीन न्यायाबारे शीर्ष तीन दलबिच छलफल

काठमाडौँ- संक्रमणकालीन न्यायका विषयमा शीर्ष तीन दलबिच शनिबार छलफल भएको छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक तथा अग्नि खरेल सहभागी छन् ।
शान्ति प्रक्रिया सुरु भएको लामो समयसम्म पनि संक्रमणकालीन न्याय टुंगोमा नपुग्दा राजनीतिक दलको आलोचना हुने गरेको छ ।

