

कैलालीमा माइक्रोबसको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दार गम्भीर घाइते

धनगढी – कैलालीमा माइक्रो बसको ठक्करबाट सशस्त्र प्रहरीका एक वजा हवल्दार गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–५ मा बा ५ ख ४३१७ नम्बरको बसले सुपप्र ०१०११ प ५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाइकल चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ का ३९ वर्षीय राजेन्द्र बम गम्भीर घाइते भएका छन् । उनको धनगढीमा उपचार भइरहेको छ ।
टाउको र अनुहारमा गम्भीर चोट लागेका बम सशस्त्र प्रहरीका हवल्दार हुन् । उनी राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा कार्यरत छन् ।
बस र चालक धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने ३९ वर्षीय कृष्ण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

