

गभर्नर बन्ने पक्का भएका भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा

काठमाडौं- नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । राष्ट्र बैंकको गभर्नर नियुक्त हुने पक्का भएपछि भट्टले शुक्रबार राजीनामा दिएका हुन् ।
बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई १८औँ गभर्नर बनाउने सहमति भएको थियो ।
अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्ट गभर्नरको दौडमा रहेका अन्य ५ जनालाई पछि पार्दै गर्भनर बन्न लागेका हुन् ।
शुक्रबार नै अर्थमन्त्री बिष्णु पौडेल संयोजक रहेको समितिले भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्ने र मन्त्रीपरिषद्को बैठकले भट्टलाई गभर्नर नियुक्त गर्ने योजना रहेको बुझिएको छ ।

