स्थानीयको गुनासोपछि कवाडी संकलन केन्द्रमा महानगरकाे डोजर, ढुंगा प्रहार गर्ने पक्राउ


काठमाडौं –  च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म सञ्चालनमा रहेका कवाडी संकलन केन्द्रहरूलाई काठमाडौं महानगरपालिकाले हटाएको छ ।

महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार ती संकलन केन्द्रहरू आवासीय क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको पाइएको थियो। स्थानीय बासिन्दाहरूले बस्तीको बीचमै कवाडी केन्द्र रहेका कारण बर्सेनि गुनासो गर्दै आएका थिए ।

महानगरपालिकाले यसअघि पनि चेतावनी दिँदै सूचना जारी गरे पनि सञ्चालकहरूले अटेर गरेपछि अन्ततः डोजर प्रयोग गरेर ती केन्द्रहरू हटाइएको हो ।

कारबाहीका क्रममा डोजरसहित दर्जनौं नगर प्रहरी परिचालन गरिएको थियो। डोजर चलाउन थालिएपछि विरोधमा उत्रिएका दुई जना मजदुरले ढुंगा प्रहार गरेका थिए, जसबाट डोजरको सिसा फुटेको महानगर प्रहरीले जनाएको छ ।  ढुंगा प्रहारमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया