

काठमाडौं उपत्यकामा भेटियो बर्ड फ्लु

काठमाडौं । काठमाडौं उपत्यकामा बर्ड फ्लु देखा पर्ने थालेको छ । ललितपुर महानगरपालिका वडा नं. १४ नख्खुमा कृषकले पालेको कुखुरा, बट्टाई र हाँसमा बर्ड फ्लु देखिएको हो ।
एक सूचना निकाल्दै पशु सेवा विभागले चैत १३ गते रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा उक्त रोग फेला परेको जनाएको छ ।
राेग देखिएपछि ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ गोटा अण्डा र ३३५ केजी दाना नष्ट गरिएको छ । साथै रोग देखा परेको क्षेत्रलाई पूर्ण निःशंक्रमण गरिएको विभागले जनाएको छ ।
यस अघि गत माघमहिनादेखि काठमाडौं, सुर्खेत र जाजरकोट बर्ड फ्लु देखिएको थियो ।

