सरकार ट्याक्टरको गतिमा गयोः कांग्रेस महामन्त्री थापा


काठमाडौं – नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा गएकाले राम्रो पर्फरमेन्स दिन नसकेको दाबी गरेका छन् । मंगलबार बिहान काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले कार्यकर्ताले पार्टी नेतृत्व र सरकारमा गएका मन्त्रीसँग असन्तुष्टी भइरहेको बताए ।

‘पार्टी सरकारमा गएको छ । जस्तो पर्फम गर्नुपर्ने हो गर्न सकेको छैन । त्यसले सिर्जना गरेको असन्तुष्टि छ,’ उनले भने, ‘जहाँ समस्या सिर्जना भएको छ समाधान गर्नुपर्छ ।’

उनले कांग्रेसले देशलाई भरोसा दिलाउन सक्नुपर्ने धारणा राखे । थापाले नेपाली समाजमा देखिएको निराशा हटाउँदै आत्मविश्वास र भरोसा दिलाउन पार्टी लाग्नुपर्ने बताए । साथै उनले सरकारको गति ठिक नभएको बताउँदै तर विकल्प भने नखोजिएको बताए ।

‘सरकारको गति नै भएन । ट्याक्टरको गतिमा गयो । तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेका छन्,’ उनले भने ।

प्रतिक्रिया