वैशाख ५ गतेभित्र दर्ता नभए नेपालमा फेसबुक-युट्युब बन्द गर्ने तयारी


काठमाडौं– नेपाल सरकारले सामाजिक सञ्जालहरूलाई अब ‘मनपरी’ गर्ने छुट नदिने भएको छ । सरकारले वैशाख ५ गतेलाई अन्तिम म्याद तोकेको छ ।  सो मितिसम्म नेपालमा दर्ता नभएका सबै सामाजिक सञ्जालहरू बन्द गरिने तयारीमा सरकारकाे तयारी  ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले रुपन्देहीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आठौं महाधिवेशनमा सामाजिक सञ्जाल नियमन अनिवार्य भएको स्पष्ट पारे । मन्त्री गुरुङका अनुसार फेसबुक, इन्स्टाग्राम, युट्युब जस्ता विश्वप्रसिद्ध प्लेटफर्महरू अझै नेपालमा दर्ता भएका छैनन्, जुन अब धेरै दिन टिक्न सक्ने अवस्था छैन ।

नेपाल सरकारले २०८० सालमै सार्वजनिक गरेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार सबै सामाजिक सञ्जाल प्लेटफर्महरू नेपालमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । चैत ७ गते तेस्रो पटक जारी सूचनामा सरकारको चेतावनी स्पष्ट थियो – ३० दिनभित्र दर्ता नभए कानुनी कारबाही हुनेछ ।

हालसम्म नेपालमा दर्ता भएका प्लेटफर्महरूमा टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याब मात्र छन् । तर, युट्युब, फेसबुक, इन्स्टाग्रामजस्ता ठूला कम्पनीहरूले दर्ता प्रक्रिया पुरा गरेका छैनन् ।

सरकारको दाबी अनुसार दर्ता नभएका सामाजिक सञ्जालहरूका कारण हत्या, हिंसा, ठगी, लुटपाट र विभिन्न खालका अनियमितता बढ्दै गएका छन्। यसलाई नियन्त्रण गर्न दर्ता प्रक्रिया जरुरी भएको मन्त्री गुरुङको भनाइ छ ।

प्रतिक्रिया