स्पष्टिकरणमा चित्त नबुझेपछि नेपाल र रावल पार्टीबाटै निष्कासित


काठमाडौँ – नेकपा एमालेमा ओलीइतर पक्ष माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्बन गरेको जानकारी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले दुवै नेतालाई गराएका छन् ।

नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनिएको छ । यदी निलम्वन अवधिमा पार्टी विरोधी गतिविधि गरेमा फेरि काररवाही गर्नसकिने बताइएको छ ।

उनीहरुलाई निलम्वन गरिएको पत्र सोमबार पठाइएको हो । उनीहरुलाई पठाइएको पत्रमा लेखिएको छ ‘तपाईँलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना बिचार र क्रियाकलाप सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधि कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारवाही गर्नसकिने व्यहोरासमेत जानकारी गराइन्छ ।’

प्रतिक्रिया