

सामान्य अंकले घट्यो नेप्से, कारोबार भने बढ्यो

काठमाडौं – बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।
अघिल्लो दिन बुधबार ९.६६ अंकले बढेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन आज ५.५७ अंकले घटेको हो । जस अनुसार नेप्से परिसुचक र २६७०.७० विन्दुमा पुगेर रोकिएको छ ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको तथ्यांकले देखाएको छ ।
यसदिन ३२१ कम्पनिका १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर खरिद बिक्री हुदाँ ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ कारोबार भएको छ ।
जसअनुसार बुधबार ४ अर्ब ४८ करोडको सेयर कारोबार भएकोमा आज ५ अर्ब ६३ करोड बराबरको कारोबार भयो।

