‘ज्ञानेन्द्र शाहलाई जति धोए पनि सफा बनाउन सकिन्न’


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कडा टिप्पणी गरेका छन्।  कांग्रेस बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले पूर्वराजालाई ‘जति धोए पनि सफा बनाउन नसकिने’ दाबी गरेका हुन् ।

उनले भने, “पूर्वराजा ज्ञानेन्द्र शाहलाई पति धोए पनि सफा बनाउन सकिँदैन । निर्मल निवासमा बसेर नै यति धेरै उत्पात मच्चाउनेले नारायणहिटी दरबारमा बसेको भए के गर्थे होला ?”

राजावादीहरूले काठमाडौँमा मात्र उत्पात मच्चाउन खोजेको र उपत्यका बाहिरको जनजीवन त्यसबाट अछुतो रहेको थापाले स्पष्ट पारे। उनले आफूले मुलुकका विभिन्न क्षेत्रको भ्रमण गर्दा कतै राजावादी आन्दोलनको उपस्थिति नदेखिएको बताए । “उपत्यका बाहिर सुनसान छ । काठमाडौँमा मात्रै तर्साउन खोजिएको हो,” उनले आरोप लगाए ।

राजावादी आन्दोलनबाट कुनै ठोस परिणाम ननिस्किने दाबी गर्दै थापाले यसको व्यवस्थापनमा समय खेर जाने चिन्ता व्यक्त गरे । “समय खेर जाने भयो, केही परिवर्तन हुनेवाला छैन,” थापाको भनाइ थियो।

 

 

प्रतिक्रिया