

सल्लाघारीको मुख्य सडकमै पल्टियो यात्रुबहाक बस

काठमाडौं – भक्तपुरको सल्लाघारीमाबीच सडकमा गाडी पल्टिदा दुई जना घाइते भएका छन् ।
बिहीबार बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समितिको गाडी बिच सडकमा नै पल्टिँदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए ।
तीव्र गतिमा गाडी चलाएको कारण पल्टिएको उनले जानकारी दिए । उनले भने, ‘तीव्र गतिमा गाडी चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’
गाडीमा ९ जना यात्रु रहेका थिए ।

