कैलालीमा माइक्रो बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर


कैलाली- कैलालीमा माइक्रो बसले ठक्कर दिदा महिलाको मृत्यु भएको छ भने उनका श्रीमान गम्भीर घाइते भएका छन् ।

जानकी गाउँपालिका–५ को अमौरामा बुधबार बिहान सुपप्र०१००१ज१५९८ नम्बरको माइक्रो बसले साइकललाई ठक्कर दिएको थियो ।

सो क्रममा साइकल पछाडि सवार जानकी गाउँपालिका–५ बस्ने ४४ वर्षीया हरु बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

उनकाअनुसार मृतकका श्रीमान समेत रहेका साइकल चालक ५५ वर्षीय मानबहादुर भन्ने मारुप बडुवाल गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट र एउटा खुट्टा भाचिएको छ ।

माइक्रो बसको ठक्करबाट घाइते बडुवाल र उनकी श्रीमतीलाई उद्दार गरेर उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो तर श्रीमतीको भने उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

माइक्रो बस र चालक भजनी नगरपालिका–६ मादेउलीका २८ वर्षीय केदार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया