काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा हल्का वर्षा


काठमाडौं-  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ । महाशाखाका अनुसार अहिले झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ, पाल्पालगायत विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।

बुधबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसमविद्ले जनाएका छन् । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया