नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव फेला


चितवन — पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालबालिकाको शव फेला परेको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले १३ वर्षीया दीक्षा सुर्पेञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जाको शव फेला पारेको हो । उनीहरू चैत २६ गते नारायणी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बुढाथोकीको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएको थियो ।

टोलीले स्वप्निलको शव ३५ फिट गहिराइबाट आज बिहान साढे ११ बजे र दीक्षाको शव ५० फिट गहिराइबाट दिउँसो साढे १२ बजे फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया