रवि कारागार चलानपछि रास्वपाले बोलायो सचिवालय बैठक


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा विभिन्न अदालतमा मुद्दा खेपिरहेका सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा गएपछि रास्वपाले पार्टीको दिशा तय गर्न बैठक बोलाएको हो ।

बैठक चैत २७ गते दिनको ४ बजे केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

प्रतिक्रिया