सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउनेछन् : सांसद सिंह


काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद दीपक सिंहले वर्तमान सरकारलाई चेतावनी दिएका छन् । उनले यदि सरकार सुध्रिएन भने बंगलादेश र श्रीलंकामा जस्तो राजनीतिक र आर्थिक संकटको अवस्था नेपाली जनताले आफैं ल्याउने दाबी गरे ।

आज काठमाडौंमा आयोजित राप्रपाको आमसभामा बोल्दै सांसद सिंहले भ्रष्टाचार, दमन र अराजकताले देश संकटतर्फ गइरहेको उल्लेख गर्दै कांग्रेस, एमाले र माओवादीका राष्ट्रवादी समर्थकहरूलाई पनि राजसंस्थाको पक्षमा उभिन आह्वान गरे ।

“तस्कर र भ्रष्टाचारले चलाएको यो सरकारलाई अब जडदेखि उखेलेर फ्याल्नुपर्छ,” सिंहले भने, “यदि सुधार भएन भने जनता आफैं सडकमा उत्रिनेछन्, र बंगलादेश वा श्रीलंकामा जस्तै अवस्था यहाँ पनि नआउला भन्न सकिन्न ।”

उनले चैत १५ गते भएको घटनालाई उदाहरण दिँदै पत्रकार सुरेश रजकको हत्या सरकारकै संलग्नतामा भएको दाबी गरे । सिंहका अनुसार, सरकारले आफ्नै भिजिलान्ते समूह परिचालन गरी सर्वसाधारणमाथि दमन गरिरहेको छ।

 

प्रतिक्रिया