

पार्टीभित्रको अन्तरविरोध झन् चर्कदै: नेपाल पक्षका तीन नेता पार्टीबाट निष्कासित

बुटवल – अर्घाखाँचीमा पार्टीविरोधि गतिविधिमा संलग्न भएको आरोपमा नेपाल पक्षका तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
नेकपा एमालेका सचिवालय सदस्य रामबहादुर चौहान,संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई निष्कासित गरेको हो ।
जिल्ला कार्यालय सन्धिखर्कमा सोमबार बसेको बैठकले पार्टी हित विपरीत विभाजनकारी गतिविधिमा संलग्न रहेको भन्दै तीनैजनालाई पार्टीको संगठित सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको एमाले अर्घाखांची अध्यक्ष चेतनारायण आचार्यले बताए ।
शनिबार मात्रै चौहानको नेतृत्वमा ७० सदस्यीय समानान्तर कमिटी घोषणा भएको थियो । पार्टीबाट निष्कासित चौहानले कारवाहीले आफूहरुको पार्टी पुनर्गठन अभियान नरोकिने बताए ।
विज्ञप्ति सहित :

