

३ दिनपछि शेयर बजार घट्याे

काठमाडाैं- लगातार तीन दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६ सय ७७ दशमलव ५५ विन्दुमा झरेको छ ।
आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल र अन्य समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज गुराँस लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अस्ति आइतवार ७ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ५ अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ ।

