

सांसद दीपक बोहराको निधनमा संसद्बाट शोक प्रस्ताव पारित

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको निधनमा संसद्बाट शोक प्रस्ताव पारित भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
बोहरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए ।

