राष्ट्रपतिले गरे संसदको हिउँदे अधिवेशन अन्त्य


काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबारको सिफारिसअनुसार राष्ट्रपतिले आज हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरू भएको थियो ।

प्रतिक्रिया