

सुन तोलाकै १ लाख ८० हजार !

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि उकालो लागेको छ ।
आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
सोमबार सुनको मूल्य १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण नेपाली बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ ।

