

सभामुख भेट्न सिंहदरबार जाँदै रवि लामिछाने

काठमाडौं – रास्वपाका सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्दै छन् ।
आज बिहान १० बजे लामिछानेसहित रास्वपा सांसदहरू सभामुखलाई भेट्न सिंहदरबारस्थित कार्यालय जान लागेका हुन् ।
सहकारी अनियमितता प्रकरणमा अनुसन्धान जारी रहेकोले पछिल्लो समय लामिछाने राजनीतिबाट निष्कृय थिए । तर सोमबारबाट उनी सक्रिय राजनीतिमा फर्किएका छन् ।
उनले सभामुखसँग आज बस्ने प्रतिनिधिसभामा सहभागी हुनेबारे छलफल गर्नेछन् ।

