

त्रिवि क्याम्पस कीर्तिपुर स्ववियु अध्यक्षमा नेवि संघका जोशी विजयी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्यसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी सघंका दीपकराज जोशी विजयी भएका छन् ।
जम्मा मतदाता ३१ सय १८ जना रहेको त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ७८९ मतसहित सभापति पद पक्का गरे ।
उनले एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले पछि पारे । निकटम प्रतिस्पर्धी सिद्धान्तले ७८१ मत ल्याए ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार स्ववियु निर्वाचन भएको थियो । यहाँ विद्युतीय मेशिनमा मत खसालिएकाले नतिजा पनि चाँडो आएको हो ।
यसअघि उक्त क्याम्पसमा स्ववियु निर्वाचनको विवाद अदालत पुगेपछि निर्वाचन रोकिएको थियो । विवादमा उच्च अदालत, पाटनले निर्वाचन रोक्न दिएको अन्तरिक आदेशलाई निरन्तरता दिन नपर्ने फैसला गरेपनि सोमबार निर्वाचन भएको हो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सवै विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवारी परेको थियो । क्याम्पसमा ६ हजार बढि विद्यार्थी मतदाता थिए । तर आधा मात्रै मतदान भएको थियो ।

